जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा

मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा

मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको शेयर कारोबार फुकुवा भएको छ  ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर २० गतेको निर्णय अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

यस सँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।   नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।

2090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?