जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय (सिटी सेल्स अफिस) वा एयरपोर्टको काउन्टबाट भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आईरहेको जनाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीमए सञ्चालनमा रहेका छन् ।

2615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका