जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • मौखिक अनुरोधमै बैंक खाता रोक्का

मौखिक अनुरोधमै बैंक खाता रोक्का

वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै मौखिक अनुरोधका आधारमा समेत बैंक खाता रोक्का गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। अब प्रहरी वा सम्बन्धित अनुसन्धान निकायले कुनै पनि आपराधिक गतिविधि वा शंकास्पद कारोबारमा संलग्न व्यक्तिको खाता रोक्का गर्न मौखिक वा लिखित अनुरोध गरेलगत्तै बैंक तथा वित्तीय संस्थाले तत्काल प्रक्रिया अघि बढाउनुपर्नेछ।

यसअघि कार्यालय समय बाहिर वा सार्वजनिक बिदाको दिन खाता रोक्का गर्न ढिलाइ हुँदा अपराधमा संलग्न व्यक्तिले रकम झिकिसक्ने जोखिम रहेकाले राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाका लागि २४सै घण्टा सक्रिय रहने संयन्त्र अनिवार्य रूपमा व्यवस्था गर्न निर्देशन दिएको छ। यसका लागि प्रत्येक बैंकले अनुसन्धान अधिकारीहरूले जुनसुकै समयमा सम्पर्क गर्न सक्ने गरी आफ्नो आधिकारिक वेबसाइटमा विशेष सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्नेछ। सोही नम्बरमार्फत प्राप्त सूचनाका आधारमा बैंकले अल्पकालीन रूपमा तत्काल खाता रोक्का गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

नयाँ व्यवस्थाअनुसार बैंकहरूले फ्याक्स वा लिखित पत्रको प्रतीक्षा नगरी वेब पोर्टलमार्फत प्राप्त निर्देशनलाई आधिकारिक मानी तत्काल कार्यान्वयन गर्नुपर्नेछ। निर्देशन कार्यान्वयनमा ढिलाइ वा बेवास्ता गरिएमा सम्बन्धित बैंक तथा जिम्मेवार अधिकारीमाथि कडा कारबाही हुने चेतावनी केन्द्रीय बैंकले दिएको छ। साथै, खाता रोक्का र फुकुवा भएपछि त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंकको ‘सुपरभाइजरी इन्फरमेसन सिस्टम’ (एसआइएस) मार्फत तोकिएको ढाँचामा अनिवार्य पठाउनुपर्ने र अनुसन्धान अधिकारीले मागेको विवरण यथाशीघ्र उपलब्ध गराउनुपर्ने प्रावधान समेत लागू गरिएको छ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका