जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • उद्यम गर्न तालिम चाहिएको छ? नबिल बैंकले फेलोसिप कार्यक्रमका लागि खुलायो आवेदन

उद्यम गर्न तालिम चाहिएको छ? नबिल बैंकले फेलोसिप कार्यक्रमका लागि खुलायो आवेदन

नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याचका लागि आवेदन आह्वान गरिएको छ। नबिल बैंकले भदौ १४ गतेसम्मको समय तोकेर सोमबार आवेदन खुलाएको हो। बैंकका अनुसार सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले बैंकको वेभसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने छन्।

फेलोसिप अन्तर्गत बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेकाहरूका लागि नि:शुल्क तालिम उपलब्ध गराउनेछ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म कार्यक्रम संचालन गर्नेछ। तालिम आवासीय र प्रयोगात्मक ढाँचामा संचालन हुने छ।

बैंकका अनुसार कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन्। तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार व्यावहारिक चुनौतीको समाधानका लागि विज्ञहरूको सहयोग प्राप्त गर्नेछन्।

बैंकले फेलोसिप अन्तर्गत ५६ जनालाई तालिम दिएकामा उनीहरूमध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेको र ११ सय ८४ रोजगारी सिर्जना गरेको बैंकले जनाएको छ।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका