जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफको लमजुङ शाखाद्वारा बिद्यार्थीलाई पोषाक सहयोग

रिलायबल नेपाल लाइफको लमजुङ शाखाद्वारा बिद्यार्थीलाई पोषाक सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बिद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । कम्पनीको लमजुङ शाखाले उतरी लमजुङको गाउपालिका – ०६, नाईचेमा अवस्थित श्री नयाँ ज्योति आधारभुत विद्यालय तथा भुगोलबिद स्व डा.हर्क गुरुङ पुस्तकालयमा नयाँ पोषाक प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा वडा दशैको सुरुवात सङ्गै घटस्थापनाका दिन १७ जना विध्यार्थी लाई पोषाक प्रदान गरेको छ ।

पछील्लो समय ग्रामीण क्षेत्रका सरकारी विद्यालय बाट शहरी बोर्डिङ स्कुल तर्फ विध्यार्थी पलायन हुने क्रम बढ्दो छ । ग्रामीण क्षेत्रमा निम्न स्तरका विध्यार्थी मात्रा रहेको हुँदा स्कुल पोषकको अभाब रहेकोले नयाँ पोषाक सहयोग गरेको हो।

उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख राजु गुरुङको उपस्थितिमा विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष कुमार गुरुङ, प्र.अ. कवी जङ गुरुङ लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्