जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८०% बोनस सेयर सूचीकृत

सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८०% बोनस सेयर सूचीकृत

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २३.८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी अढाइ गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो।

बोनस सेयर वितरणबाट तोकिएको पुँजी नपुगेपछि कम्पनीले २७ प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ। कम्पनीले गत आर्थिक वर्ष ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका