जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको नाफा शतप्रतिशत बढ्यो, व्यापार बढ्दा यस्तो देखियो वित्तीय प्रगति

प्रभु महालक्ष्मी लाइफको नाफा शतप्रतिशत बढ्यो, व्यापार बढ्दा यस्तो देखियो वित्तीय प्रगति

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशत बढेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०४.४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १७ करोड ९१ लाख ४९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको व्यापारमा पनि उछाल आएको छ। गत आवमा आईपुग्दा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ११३.०८ प्रतिशत बढेर ४ अर्ब ३७करोड २३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको थियो ।

यता, खुद बीमा शुल्क आर्जन पनि १२२. ४० प्रतिशत बढेर ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसरी व्यापारमा देखिएको उल्लेख्य सुधार नै कम्पनीको नाफामा उछाल आएको हो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८ रुपैयाँ ५२ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १२७ रुपैयाँ ०३ पैसा छ ।कम्पनीको जीवन बीमा कोषको आकार पनि ४०.४९ प्रतिशत बढेर १० अर्ब २८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनकिो चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर प्रिमियम १ करोड ९३ लाख छ । यता, कम्पनीले महाविपत्ती कोषमा भने ९ करोड ६ लाख रुपैयाँ राखेको छ । यस्तै, रिटेण्ड अर्निङ्गमा ९५ करोड ६१ लाख र अन्य इक्विटीमामा ९ करोड ५१ लाख रुपैयाँ रहेको छ। from my iPhone

2395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका