जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक

सिद्धार्थ बैंकको इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो ।

इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिंक गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्ने बैंकले जनाएको छ ।

हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सक्ने बैंकले बताएको छ ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरू सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायी रहने विश्वास बैंकको छ ।

2630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?