जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तर बैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ। यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैङ्किङ वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। 

अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ।  

हालका लागि ग्राहकहरुले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्।

ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्दछ।

यस पश्चात् कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको इत्ए लाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त इत्ए प्रयोग गरी नगद झिक्न सकिनेछ।

हाल यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंककोे एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि विस्तार गरिने योजना रहेको छ।  

अहिले बैंकका ग्राहकहरुले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको शुरूवात पश्चात् ग्राहकहरुले सजिलै अर्को बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ। 

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका