जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्य नजर गर्दै बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनल संग सहकार्य गर्ने गरी समझदारी गरेको छ । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहक वर्गलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्धेश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेकोे र अरु विभिन्न बस ब्यवसायीहरु संग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजीटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो’ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका