जोडिनुहोस
मङ्लबार, बैशाख २३, २०८२
मङ्लबार, बैशाख २३, २०८२
  • होमपेज
  • शेयर खरिदबिक्री गर्न उक्साउनेलाई कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी 

शेयर खरिदबिक्री गर्न उक्साउनेलाई कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी 

नेपाल धितोपत्र बोर्ड(सेबोन) ले सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका शेयरमूल्य बढ्ने वा घट्ने भन्दै खरिदबिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने बताएको छ ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनधिकृत तवरले अन्तरवार्ता तथा अभिव्यक्ति दिएर बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको बताएको छ ।

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

निश्चित शेयर खरिदबिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्धेष्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न पनि बोर्डले भनेको छ ।

यस किसिमका कामकारबाहीका सम्बन्धमा सुक्ष्म निगरानी पनि भइरहेको बोडले बताएको छ। यसका साथै उसले कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि अनुरोध गरेको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने
सरकारले खारेज गर्‍यो नागरिक एप निर्देशिका
गभर्नर नियुक्तिमा ढिलाईलाई लिएर सरकारको चौतर्फी आलोचना
एक महिनामै बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो
‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न
बच्यो ४ संस्थाका सीइओको पद  !
फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा
लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?