जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मेटलाइफ लाइफले ३ दिनमै दाबी भुक्तानी गर्ने, कागजातहरु अनलाइन पेश गर्न सकिने

मेटलाइफ लाइफले ३ दिनमै दाबी भुक्तानी गर्ने, कागजातहरु अनलाइन पेश गर्न सकिने

हाल व्याप्त कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । जस अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्यदिन भित्रै द्रुतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अन्तर्गत दाबीकर्तालाई बीमा दाबीकालागि आवश्यक कागजातहरु अनलाइन मै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्ने कम्पनीले आज एक विज्ञप्ती जारी गरी बताएको छ।

द्रुतमार्गी दाबीकासाथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुकालागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ ।

यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा [email protected] मा ईमेल गर्न सक्नेछन् वा विस्तृत जानकारीकालागि कम्पनीको वेबसाइट वा फेसबुक पेजमा भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ ।

6410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका