जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड, १३ महिनाको आयात धान्नेगरी २० खर्ब ४१ अर्ब थुप्रियो

विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड, १३ महिनाको आयात धान्नेगरी २० खर्ब ४१ अर्ब थुप्रियो

अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत हुँदै गएको छ। विदेशी मुद्रा सञ्चितिले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले पोहोर असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भएको बताएको छ। २०८० असार मसान्तमा विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार गत वर्षको आयातलाई आधार मान्दा बैंकिङ प्रणालीसँग भएको यो विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु र १३ महिनाको वस्तु तथा सेवा आयात धान्छ।

त्यस्तै, २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता ४६ अर्ब
५७ करोडले घाटामा थियो।

असार मसान्तसम्म शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो।

रेमिटेन्स आप्रवाहमा भएको वृद्धि, आन्तरिक ऋणप्रवाह सुस्त र बाह्य पर्यटकको आवागमन बढ्दा विदेशी मुद्रा सञ्चिति थुप्रिँदै गएको हो।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका