जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै प्रशासनमा निवेदन, अबैधानिक भएको दाबी

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै प्रशासनमा निवेदन, अबैधानिक भएको दाबी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ।

संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिएका छन्।

गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिँदै निवेदन दिइएको छ ।

गत चैत २८/२९ गते हुनुपर्ने ५४औं साधारणसभा र निर्वाचन कोरोनाका कारण धकेलिँदै धकेलिँदै मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ ।

चैतमा चुनाव नभएपछि महासंघको कार्यसमिति अबैधानिक भएको साहको दाबी छ ।

‘अबैधानिकरुपमा हुन लागेको निर्वाचन रोकेर बैधानिक तवरले स्वच्छ निर्वाचन होस् भनी यो निवेदन गरेको छु,’ निवेदनमा भनिएको छ ।

महासंघको विधानको दफा ४१ को उपदफा १ को ग मा प्रदेशको चुनाव गरेर मात्रै केन्द्रिय नेतृत्व चनका लागि चुनाव गर्ने व्यवस्था छ । तर अहिले विधान विपरित प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन नै नगरी केन्द्रिय निर्वाचन गर्ने भनिएको हुँदा उक्त काम कारबाहीहरु विधानत अबैध भएको साहको दाबी छ ।

त्यसैगरी, एसोसियटतर्फका मतदाता नामावलीमा दर्ता खारेज भइसकेका र अस्तित्वमा नै नरहेका सदस्यहरुको नामावलीको झुटो विवरण रहेको उनको दावी छ ।

त्यस्तै, एसोसिएटतर्फका सदस्य संस्थाहरुको कम्पनी, निर्देशक र प्रमुख कार्यकारी अधिकृतले मात्र मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ । तर हाल ती सदस्य मतदाताहरुको फर्जी मतदाताकारुपमा प्रोक्सी मतदान गर्ने व्यवस्था गर्दै निर्वाचन गर्न खोजिएको छ, त्यो सरासर गलत छ, त्यसैले पनि यो निर्वाचन रोक्नै पर्ने अवस्था छ,’ निवेदनमा भनिएको छ । 

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका