जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको नाफामा ११८%को उछाल, करिब पौने २ अर्बको व्यापार

प्रभु इन्स्योरेन्सको नाफामा ११८%को उछाल, करिब पौने २ अर्बको व्यापार

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ४९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ११८.१३ प्रतिशतको बढोत्तरी भएको छ।

शेयर पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख रुपैयाँ र महाविपत्ति कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ५ करोड ४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करोड ९७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने १० करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ७ करोड ७२ लाख रुपैयाँ थियो।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका