जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त

सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त

नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्यलाई नियुक्त गरेको छ।

आइतबार छनौट समितिले आचार्य, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस गरेको थियो। सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो।

आचार्य कृषि विकास बैंकका अवकाश कर्मचारी हुन्। उनी पूर्व सभामूख तथा नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ् निकट मानिन्छन्।

सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो। त्यसमा सात जनाको आवेदन परेको थियो। पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सिइओ चयन नहुन्जेलसम्मको लागि कायम मुकायम सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी थिइन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिइओको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो। नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका तर्फबाट उपसचिव मुकुन्द पोखरेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायणप्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य थिए।

10795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका