जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • शेयर धितो कर्जा : १८ प्रतिशतले माग वृद्धि

शेयर धितो कर्जा : १८ प्रतिशतले माग वृद्धि

पछिल्लो समय शेयर धितो कर्जाको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असार मसान्तमा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो।

राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा २५.१ प्रतिशतले बढेको छ। २०८१ असारसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।

यसैगरी २०८१ असारसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १२.८ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ३.९ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा यो रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका