जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘बज्यैको सेकुवा’ सञ्चालनमा

‘बज्यैको सेकुवा’ सञ्चालनमा

सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौँ भन्ने भावका साथ राजधानी काठमाडौँमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौँमै जम्ने रहर उनको थियो ।

त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौ आई गङगालाल हस्पिटलको क्यानटिनमा भाडा माझन् काम गरे । यहि काममा देखेको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिका बनेको छन् राकेश ढकाल । काम सानो हुदो रहेनछ उनले भने, जिवन धेरै संघर्ष गरे हरेस खाईन् त्यहि कारण आज खोल्न सफल भए ।
राजधानी काठमाडौँको शंखमुलमा खानाका पारिखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए ।

नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताए । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसीत नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसाथ गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ ।
कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए ।
बज्यै को सेकुवा कर्नर ले ज्ञघ जना कामदार हरू लाई रोजगारि दिन सफल भएको छ,

उनले यसविचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभव यतिवेला उनलाई थप सफलतामा डोराएका छ ।
झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण आफुहरुले विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न उनी सफल भए ।

भाडा माझनेबाट वेटर हुँदै मेनेजरसम्म हुदा उनले होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ढकालको ।
विभिन्न कठिन परिस्थितिहरूमा संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्ने सफल छ । लामो समयदेखि विभिन्न सेकुवा कर्नरबाट विभिन्न परिकार सेकुवाको अनुभव लिएका छन् ढकालले ।

झण्डै ३५ लाख लगानीमा काठमाडौंको सङखमुलमा बज्यैको सेकुवा स्थापना गरेको उनले बताए । देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु उनले भने, पक्कै ग्राहक मन जित्नेछु । नेपालीपन दिन थप सशक्त बन्नेछु ।
पूर्ण पारिवारिक वातावरण रहेको सेकुवा कर्नरले आगामी दिनहरूमा आफ्नो ब्राण्डलाई काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ ।

13465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका