जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेताहरुको अकूत सम्पत्ती र विलासी जीवन बारे नेकपा केन्द्रीय समितिको बैठकमा चर्को बहस

नेताहरुको अकूत सम्पत्ती र विलासी जीवन बारे नेकपा केन्द्रीय समितिको बैठकमा चर्को बहस

विगत तीन दिन देखि जारी रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा नेताहरुको अकूत सम्पत्ति र विलासी जीवनका बारेमा समिति नै बनाएर छानवीन गर्नुपर्ने चर्को बहस भएको खुलेको छ ।

केन्द्रीय समितिको बैठकमा नेताहरुको हिमचिम ठेकेदार देखि कर छली गर्नेहरुसंग भएको र आश्चर्यजन अकूत सम्पत्ती आर्जन गरेको देखिएको भन्दै केन्द्रीय सदस्यहरुले चर्को आवाज उठाएको खुलेको छ । पूर्व माओवादी नेताहरुको मात्रै नभएर पूर्व एमालेका नेताहरुको समेत अकूत सम्पत्ती देखिएको भन्दै छानवीन गर्न माग बैठकमा भएको देखिन्छ ।

के अकुत सम्पत्ती बारेमा छलफल भएकै हो र भनी आर्थिक बजारन्यूज डटकमले नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईलाई प्रश्न गर्दा उनीले भनेः– छलफल भएको छ । अधिकाशं नेताहरुको अकूत सम्पत्ती देखिन्छ । जनता गरिब हुँदै जाने नेता मोटाउँदै जाने परम्परा देखिन्छ । नेताहरुको ठेकेदार र कर छली गर्नेहरु बीच हिमचिम भएकै कारण सम्पत्ती अकूत देखिन्छ । उनीले दाबी गरे ।

सम्पत्ती छानवीन गर्न समिति नै बनाउनु पर्ने भट्टराईको दाबी छ । के एमाले भित्र कि माओवादी भित्र सम्पत्तीको कुरा उठेको भनि केन्द्रीय सदस्य सूर्य थापासंग प्रश्न गर्दा उनीले भनेः– पूर्व माओवादी खेमामा चाँहि सम्पत्तीको बारे पछिल्लो पटक छलफल भएको देखिन्छ । तर, एमाले नेताका बारेमा पहिला नै छलफल भएर समस्या समाधान भएको कुरा हो नि ।

यति मात्रै होइन नेकपा केन्द्रीय समितिको बैठकमा पार्टी र सरकार बीच सहकार्य नभएको र उपलब्धी मुलक काम नभएको, पार्टी भित्र गुट उपगुट बढेको बारे समेत चर्का चर्की भएको खुलेको छ ।

नेकपा पार्टी बनेको २१ महिनाको यो अवधीमा पार्टीको तल्ला तहसम्म् मन नमिलेको कार्यगत एकता जस्तै भएको पार्टी एकता नभएको बारे केन्द्रीय सदस्यहरुले चर्को आवाज उठाएका थिए ।

के पार्टी र सरकार बीच सहकार्य नभएको हो त ? यस बारेमा छलफल भएकै हो भनी आर्थिक बजार न्यूजडटकमले केन्द्रीय सदस्य शिवमाया तुम्बाक्फेलाई प्रश्न गर्दा उनीले भनिन्ः छलफल भएको छ । सरकार र पार्टी बीच सहकार्यका बारेमा कम छलफल भएको हो कि भन्ने बारे चर्चा भएको छ ।

पार्टी र सरकारका गतिविधिले र पार्टी गुट उपगुटले गर्दा अन्यौल भएको कुरा बारे छलफल भएकै हो भनी केन्द्रीय सदस्य खिलराज भट्टराईलाई आर्थिक बजारन्यूज डटकमले प्रश्न गर्दा उनीले भनेः– पार्टी भित्र गुट उपगुट भएको नेतृत्व बीच नै एकता नभएको यसले पार्टीमा ठूलो क्षती पु¥याउने बारे छलफल भएको छ नि ।

नेकपाको केन्द्रीय समितिको बैठकमा यी विषय बाहेक सीमा विवाद, मिडिया काउन्सील विधेयक जस्ता विषयमा छलफल जारी रहेको देखिन्छ ।

10045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका