जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट क्याम्पसबीच इन्टर्नसिपसम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट क्याम्पसबीच इन्टर्नसिपसम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ९ स्थित चापाकोट क्याम्पसबीच इन्टर्नसिपसम्बन्धी सम्झौता भएको छ।

उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानका लागि इन्टर्नसिप गर्ने र बैंकिङ करियरका लागि अवसर प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सम्झौता पत्रमा बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन्। चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरूमा बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको बताइएको छ।

यो समझदारी ५ वर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रीय प्रमुख ढकालले बताए।

2600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका