जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्वारा १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्वारा १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाले १ हप्तामै दाबीकर्ता को घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो ।

बीमित दुर्गा बोहराको परिवारलाई कम्पनीको अत्तरिया शाखाले एक कार्यक्रमको आयोजना गर्दै दाबी भुक्तानी रकम घरमै हस्तान्तरण गरेको हो । मृतक दुर्गाका श्रीमान, छोरा अनि आफन्तहरुका बीच संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमूख चन्द्र विष्ट,शाखा प्रमुख मोहन वहादुर बोहरा र शाखाका एमडीआरटी प्रेम साउदले चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी ,स्कूलका अध्यक्ष, वनका अध्यक्ष बीमित अभिकर्ताको भव्य उपस्थिति रहेको थियो ।

बीमित दुर्गा बोहराको २०८१ असार १० गते इन्डियाको व्यङ्लोर सहरमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बीमित दुर्गा बोहरा २०८० मंसिर महिनामा कम्पनीको अत्तरिया शाखाबाट ५ लाख रुपैयाँ बीमाङ्कको सुलभ जीवन बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्यु बापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित १० लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका