जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित योजना, बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा घर कर्जा

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित योजना, बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा घर कर्जा

माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको चाड पर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना ल्याएको छ।

माछापुच्छ्रे बैंकले तीज, दसैँ, तिहार तथा छठ पर्वलक्षित योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बैंकले बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।

बैंकका अनुसार उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्नेछन्।

त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने बताएको छ। यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत हुनेछ।

यो अफर भदौ ३१ गतेसम्म लागू हुने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका