जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आइपीओ जारी गर्ने तयारीमा रहेको डिस मिडिया नेटर्वकको व्यापार ४ अर्ब ८३ करोड रुपैयाँ

आइपीओ जारी गर्ने तयारीमा रहेको डिस मिडिया नेटर्वकको व्यापार ४ अर्ब ८३ करोड रुपैयाँ

ग्राहक संख्या घट्दा डिस मिडिया नेटवर्कको कारोबार सन् २०२१/२२ मा ८ करोड १० लाख रुपैयाँले घटेको छ।

अघिल्लो वर्ष २०२०/२१ मा ४ अर्ब ९२ करोड रुपैयाँ व्यापार गरेको कम्पनीले २०२१/२२ मा ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। २०१९/२० मा कम्पनीले ५ अर्ब १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो।

इन्टरनेट सेवा प्रदायकहरुसँग चर्किएको प्रतिस्पर्धाका कारण डिस मिडिया नेटवर्कको ग्राहक संख्या २९ प्रतिशतले घटेको हो। २०२१/२२ मा कम्पनीको सब्स्क्रिप्सन आम्दानी १५ प्रतिशतले घटेर ३ अर्ब ६९ करोड १० लाख रुपैयाँमा झरेको छ।

२०२०/२१ मा यो ४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ थियो। तर, कम्पनीले इन्टरनेट सेवाबाट गर्ने आम्दानी भने वृद्धि गरेको छ। २०२१/२२ मा इन्टरनेटबाट हुने आम्दानी ७७ करोड ३० लाख रुपैयाँ पुर्‍याएको छ। २०२०/२१ मा यस्तो आम्दानी ८ करोड रुपैयाँ थियो।

२०२१/२२ मा कम्पनीको कुल सम्पत्ति ५ अर्ब ६५ करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीले आफ्नो इन्टरनेट बजार बिस्तार गर्न २ अर्ब ६१ करोड रुपैयाँ लगानी, प्रभु डिजिटल र सिम टिभीलाई गाभेपछि सम्पत्ति वृद्धि भएको हो। कम्पनीले छिट्टै सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरिरहेको छ।

कम्पनीले देशभर डिरेक्ट टू होम (डीटीएच) मार्फत घरघरमा टेलिभिजन सेवा दिइरहेको छ। सन् २०१० मा सेटलाइट च्यानल प्रालि र डिम मिडिया नेटवर्क प्रालि मर्ज भएर डिस मिडिया नेटवर्क भएको थियो। सन् २०१७ जुलाई २ मा कम्पनी पब्लिक कम्पनीमा परिणत भएको थियो।

नेपालभर कम्पनीले ७५ डिलर, ४५ सय सब-डिलर, १४ सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ। कम्पनीमा ३३ प्रतिशत सेयर स्वामित्व स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडको छ।

680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?