जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको नाडा लक्षित गाडी कर्जा योजना, ब्याज र सेवा शुल्क धेरै सस्तो

कृषि विकास बैंकको नाडा लक्षित गाडी कर्जा योजना, ब्याज र सेवा शुल्क धेरै सस्तो

कृषि विकास बैंकले नाडा अटो शो लक्षित  गाडी कर्जा योजना ल्याएको छ। जारी नाडा अटो शो मा आफ्नो सहभागिता जनाउदै बैंकले नाडा शो लक्षित गाडी कर्जा ल्याएको हो। 

बैंककाअनुसार नाडा लक्षित यस योजनामा इन्धनबाट चल्ने तथा विद्युती दुवै गाडीका लागि परिवर्तित ब्याजदर ७.९९ प्रतिशत र स्थिर ८.९९ प्रतिशत तोकिएको छ। त्यस्तै कर्जाको अवधि अधिकतम ७ बर्ष तोकिएको छ।  यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने बैंकको विश्वास छ ।

बैंककाअनुसार व्यक्तिगत प्रयोजनका विद्युतीय गाडीमा गाडीको मूल्यको ८० प्रतिशतसम्म र इन्धनको गाडीमा मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा हुने बैंकले जनाएको छ। तर संस्थागत प्रयोजनका लागि विद्युतीय र इन्धन दुवैमा ८० प्रतिशतसम्म कर्जा सुविधा हुनेछ।  

बैंकले नियमित भन्दा ३३ प्रतिशत सस्तो हुनेगरि सेवा शुल्क तोकेको बैंककी त्रिपुरेश्वर शाखा प्रमुख श्रीजना शर्माले जानकारी दिएकि छन्। अरु बैंकको भन्दा सस्तो ब्याज दर भएकै कारण नाडा अटो शो मा आउने तथा गाडी कर्जा लिन चाहानेको रोजाईमा कृषि विकास बैंक परेको उनको भनाई छ।  

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?