जोडिनुहोस
आइतवार, अशोज ७, २०८०
आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुआत

कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुआत

डिश मिडिया नेटवर्क (डिश होम)ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुआत गरेको छ।

साउन १२ गते शोरुम उद्घाटन डिशहोमका तर्फबाट एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट रमेश सापकोटा, रेभिन्यु एन्ड कलेक्सन हेड उज्ज्वल न्यौपाने, रिजनल सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरका तर्फबाट बब्लु भट्टको उपस्थितिमा गरिएको हो। २०७८ फागुनदेखि डिशहोम फाइबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

८५० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको रोयल मल्टी प्रपोजले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका