जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयर सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रविनमुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका