जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डिप्रोक्स लघुवित्तको २०औं साधारण सभा असोज २३ गते, २१.५३% लाभांशको प्रस्ताव 

डिप्रोक्स लघुवित्तको २०औं साधारण सभा असोज २३ गते, २१.५३% लाभांशको प्रस्ताव 

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते हुने भएको छ । 

कम्पनीले चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७७/७८ को संचित नाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा यस लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी भइसकेको र नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति भए पश्चात सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको साधारण शेयरधनी ‘समूह ख’ मध्येबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

6245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?