जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • नबिल बैंकले ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने, विशेष साधारण सभाबाट पारित

नबिल बैंकले ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने, विशेष साधारण सभाबाट पारित

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव बैंकको विशेष साधारण सभाले पारित गरेको छ।

सोमबार काठमाडौंमा भएको विशेष साधारण सभाले प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजी (एडिसनल टायर वन क्यापिटल)को माध्यमबाट अग्राधिकार सेयर जारी गर्न लागेको हो।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने बैंकले जनाएको छ। यो नेपाली पुँजी बजारका लागि नविनतम पुँजी उपकरण हो।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले अग्राधिकार सेयरको उपकरणलाई सफल बनाउने कार्यमा सेयरधनीबाट सहयोगको अपेक्षा गरेको बताए।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्