जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सेवनको उजुरीमा सिआईवीले सन नेपाल लाईफ इन्स्योरेन्स भित्र शुरु गर्यो अनुसन्धानः सिइओ अर्याल र अध्यक्ष कायलद्वारा कर्मचारीहरुको आरक्षीत ८० प्रतिशत शेयर माथी लुट मच्चाएको पुष्टी !

सेवनको उजुरीमा सिआईवीले सन नेपाल लाईफ इन्स्योरेन्स भित्र शुरु गर्यो अनुसन्धानः सिइओ अर्याल र अध्यक्ष कायलद्वारा कर्मचारीहरुको आरक्षीत ८० प्रतिशत शेयर माथी लुट मच्चाएको पुष्टी !

सुन्दा पनि अच्चम लाग्ने हेर्दा त घिन लाग्ने काम सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भित्र भएको एउटा अनौठो र चाखलाग्दो घटना हालै बाहिर आएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष अनुज कयाल र सिइओ राजकुमार अर्यालको मिलोमतोमा निरिह कर्मचारीहरुको आरक्षीत ८० प्रतिशत शेयर माथी लुट मच्चाएको भेटिएको छ । कहाँ छ नेपाल बीमा प्राधिकरण किन बोल्दैन यसको खोजी हामीले अब शुरु गरेका छौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ गर्दा कर्मचारीलाई छुट्याएको ४ लाख ८० हजार कित्ता शेयर मध्ये ८० प्रतिशत शेयर सिइओ अर्यालले नै लिएको नेपाल धितोपत्र बोर्डले फेला पारेपछि उक्त घटनाको छानवीन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)लाई छानबीन गर्न पत्र पठाएको भेटिएको छ । हेक्का होस् ।

४ लाख ८० हजार कित्ता कर्मचारीहरुलाई छुट्याइएकोमा मात्र २० प्रतिशत शेयर दिएर अरु सबै कम्पनीका अध्यक्ष कायलको निर्देशनमा सिइओ अर्यालले ८० प्रतिशत लिएको सेवनले प्रष्ट पारेको छ । यो लुट नभए के हो ? नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालज्यू ? के बीमा कम्पनीहरुलाई जे पनि गर्ने छुट छ ?

यति धेरै सन नेपाल लाईफ इन्स्योरेन्स भित्र बदमासी हुँदा पनि निकम्मा नेपाल बीमा प्राधिकरण किन चुप बस्यो ? नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू हेक्का होस् । तत्कालै तपाईले पनि छानवीन गर्नुहोस् । कथा अच्चमको मात्रै छैन कुनै पनि संस्थामा सिइओ र अध्यक्ष मिलेपछि के चाहि हुँदैन भन्ने कुराको पुस्टी गरेको छ । ४ लाख ८० हजार कित्ता कर्मचारीहरुलाई छुट्याइएकोमा मात्र २० प्रतिशत शेयर दिएर अरु सबै कम्पनीका अध्यक्ष कायलको निर्देशनमा सिइओ अर्यालले ८० प्रतिशत लिएको सेवनले प्रष्ट पारेको छ । यो लुट नभए के हो ? नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालज्यू ? के बीमा कम्पनीहरुलाई जे पनि गर्ने छुट छ ? भनिन्छ कानूनमा स्पष्ट व्यवस्था नभएको फाइदा उठाउँदै सन नेपाल लाईफ इन्स्योरेन्सका सिइओ अर्याल र अध्यक्ष कायलले कर्मचारीहरुको आरक्षित शेयर माथी लुट मच्चाएको खुलेको छ भन्दा अब फरक पर्दैन ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिक र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रिमियमसहित २३९ रुपैयाँमा सेयर बिक्री गरेकामा कर्मचारीलाई भने अंकित मूल्यमै दिएको खुलेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले संगठित संस्थाले कुल आइपीओको ५ प्रतिशतसम्म संस्थामा कार्यरत स्थायी कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २०८० जेठ २५ गते कानुन अनुसार कुल आइपीओको ५ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीलाई शेयर छुट्याउने निर्णय ग¥यो । सन नेपाल लाईफ इन्स्योरेन्सले कुल ९६ लाख कित्ता आइपीओमध्ये कर्मचारीका लागि ४ लाख ८० हजार कित्ता छुट्यायो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिक र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रिमियमसहित २३९ रुपैयाँमा सेयर बिक्री गरेकामा कर्मचारीलाई भने अंकित मूल्यमै दिएको खुलेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले संगठित संस्थाले कुल आइपीओको ५ प्रतिशतसम्म संस्थामा कार्यरत स्थायी कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ । निर्देशिकामा कम्पनीमा कार्यरत कर्मचारी संख्याका आधारमा २ देखि ५ प्रतिशतसम्म आइपीओ छुट्याउनुपर्ने भनिएपनि कर्मचारीभित्र कसरी वितरण गर्ने भन्ने उल्लेख देखिदैन । यसैको फाइल यस इन्स्योरेन्सका सीइओ राजकुमार अर्यालले आरक्षित सेयरमा आफ्नै हात जगन्नाथ गरेको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ज्यू हेक्का होस् ।
त्यसपछि सेबोनमा सन लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र सीइओमाथि कारबाही गर्नेबारे छलफल चल्यो । छलफल चलिरहँदा सेबोनका अध्यक्ष सुरेन्द्र हमाल विदा भए, भने सरकारले कानुन संशोधन गरेर अनुसन्धानको अधिकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई दियो ।

आरक्षित सेयर सीइओले ‘कुम्ल्याएको’ भन्दै सन नेपाल लाइफ इन्स्योरेन्सका तल्लो तहका कर्मचारी असन्तुष्ट भए। उनीहरुले आइपीओ वितरण न्यायपूर्ण नभएको भन्दै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी दिए। उजुरीपछि सेबोनले गरेको अनुसन्धानमा कर्मचारीहरुको शेयरमाथी घोटला भएको खुलेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष ज्यू हेक्का होस् ।
त्यसपछि सेबोनमा सन लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र सीइओमाथि कारबाही गर्नेबारे छलफल चल्यो । छलफल चलिरहँदा सेबोनका अध्यक्ष सुरेन्द्र हमाल विदा भए, भने सरकारले कानुन संशोधन गरेर अनुसन्धानको अधिकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई दियो । त्यही कारण सेबोनले सन नेपाल लाईफ इन्स्योरेन्सको आरक्षित सेयरमा गडबडी भएको कैफियतसहित उजुरी थप अनुसन्धानका लागि सीआइबीको जिम्मा दिएको पुष्टि भएको छ । सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले कम्पनीको आइपीओ बाँडफाँडमा कैफियत देखिएकाले अनुसन्धानका लागि सीआइबीमा फाइल पठाएको आर्थिक बजारन्यूज डटकमलाई पुष्टि गरे । ‘कर्मचारीलाई बाँडिएको आइपीओ न्यायसंगत नभएको भनेर उजुरी परेको थियो । हामीले अध्ययन गर्दा कैफियत देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको सिआईबीमा पठाइएका छौ नि ।

नेपाल प्रहरीको सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले पंक्तिकारसंग भनेः– कम्पनीको कर्मचारीलाई वितरण गरिएको आइपीओबारे प्रारम्भिक अनुसन्धान गरिरहेका छौं । ‘

स्रोतका त्यसबेला सेवनका अध्यक्ष हमालले सञ्चालक समिति र सीइओलाई कारबाही गर्नेदेखि कम्पनीको कर्मचारीका लागि आरक्षित आइपीओ पुनः बाँडफाँट गर्न लगाउने तहसम्मको छलफल गरेका पनि थिए । पछि सेबोनले कैफियत देख्दादेख्दै उजुरी सिआईबीकहाँ पठाएको भन्दै अहिले कारबाहीको जिम्मेवारीबाट पन्छिएको देखिन्छ । यहाँ पनि दालमा कालो छ भन्दा फरक पर्दैन । नेपाल प्रहरीको सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले पंक्तिकारसंग भनेः– कम्पनीको कर्मचारीलाई वितरण गरिएको आइपीओबारे प्रारम्भिक अनुसन्धान गरिरहेका छौं । ‘सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि बाँडफाँड गरेको आइपीओका विषयमा सेबोनबाट कैफियत देखिएको जानकारी प्राप्त भएपछि हामीले प्रारम्भिक अनुसन्धान गरिरहेको हो नि । सचेत भया ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका