जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ७ वटा सहकारीलाई कारवाही गर्न सीआईवीमा पत्राचार

७ वटा सहकारीलाई कारवाही गर्न सीआईवीमा पत्राचार

सात वटा सहकारीलाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) मा पत्राचार गरेको छ। 

४० वटा सहकारीको अनुगमन गर्दा कैफियत देखिएको भन्दै उसले अनुसन्धानका लागि पत्राचार गरेको हो । जसमा ६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्यीय सहकारी संस्था छन् ।

यसमा बचत तथा ऋणतर्फ सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डेभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै, बहुउद्देश्यीय सहकारीमा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ । 

बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धानका लागि अनुसन्धान ब्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका