जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराईज बैंकमा मन मिल्नेहरुको भेट

सनराईज बैंकमा मन मिल्नेहरुको भेट

सनराईज बैंकमा अहिले सीइओ जनक शर्मा पौडेलको खेतीपाती फस्टाएको छ भन्दा अचम्म लाग्ला । तर, यो सत्यो हो । सञ्चालक समिति भित्रै विवाद बनाएर आफ्नै साथी निरज श्रेष्ठलाई रातारात हटाएर सीइओ बनेको जनक शर्मा पौडेल फेरि चर्चामा आएका छन् ।

आफूलाई सनराईज बैंकको सीइओ बनाउन महत्वपूर्ण भूमिका खेलिदिए वापत अर्थमन्त्री यूवराज खतिवढाका छोरा तिलक खतिवडालाई २ तह बढुवा दिई जनता बैंकबाट सनराइज बैंकमा भित्र्याका छन् । उनी आईटी प्रमूख भएर सनराईज बैंक छिरेका छन् । माइवाडी समूदायको लगानी रहेका बैंकलाई एमालेकरण गर्दै खेतीपाती फस्टाएका सीइओ जनक शर्मा पौडेलले ग्लोबल आईएमई बैंककी एजिएम आरती राणालाई एक तह माथी दिएर डिजिएमा सनराईज बैंक भित्र्याएका छन् । राणा सीइओ पौडेलको विश्वास पात्र मानिन्छिन् । उनीले ग्लोबल बैंकमा रहदाँ जनक शर्मा पौड्ललाई रामै साथ दिएको थिएन । जनताको डिपोजिटको पैसामा करिब छ लाख तलब लिएर आरती राणालाई सीइओ पौडेलले किन सनराईज बैंक भित्र्याए यसको खोजी हामीले सुरु गरेका छौं ।

यति मात्रै होइन उनीलाई सीइओ बन्न सहयोग गरेका केही एमालेका पत्रकारहरुलाई जनताको डिपोजिट र लगानी भएको बैंकबाट लाखौ लाख विज्ञापन र दशैं तिहारमा हुस्की समेत बाडेको बैंककै एक उच्च कर्मचारीले राजतिलक साप्ताहिकसंग टेलिफोनमा बताए । आफ्नो धरातल विर्सिएरका सीइओ जनक शर्मा पौडेलकै करण सनराईज बैंक फेरि विवादमा फस्दै गएको भेटिएको छ । यसबारे उनीसंग प्रतिक्रिया माग्दा फोन उठाएनन् । राजतिलक साप्ताहिक

6955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?