जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छूट 

सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छूट 

सानिमा बैंकले ग्राहकहरुका लागि डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छूट दिने व्यवस्था गरेको छ ।

कम्पनीको भिसा डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँको छूट प्राप्त गर्न सकिने छ । छूट पाउनका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्ने छ ।

कम्पनीले समयसमयमा ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ ।

कम्पनीको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन्

2510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका