जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा शुल्क १५ प्रतिशत बढ्दा ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशत बढ्यो

बीमा शुल्क १५ प्रतिशत बढ्दा ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशत बढ्यो

गत आर्थिक वर्षको तुलनामा ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले २० करोड ६५ लाख रुपैयाँ कमाएको हो। पोहोर चैतमा इन्स्योरेन्सको खुद नाफा १२ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सले २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले आर्जन गरेको कुल बीमा शुल्क १५ प्रतिशत बढेको हो। पोहोर चैतमा इन्स्योरेन्सले कुल २ अर्ब २८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

त्यसैगरी, इन्स्योरेन्सले संकलित प्रिमियम तथा जगेडा कोषहरूमा रहेको रकमहरुलाई दीर्घकालीन र अल्पकालीन मुद्रा बजारमा परिचालन गरी ब्याज आर्जन गर्न सफल छ। कर्जा लगानी तथा अन्य आयबाट इन्स्योरेन्सले चैतसम्म १७ करोड ७६ लाख रुपैयाँ कमाएको हो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्ब ४९ करोड रुपैयाँ छ। जुन गत चैतको तुलनामा १३ प्रतिशतको वृद्धि हो। पोहोर चैतमा इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको बीमालेख संख्या भने १४ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको चैतसम्म इन्स्योरेन्सले कुल २१ हजार ५५६ बिमालेख संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल बीमालेखको संख्या २५ हजार १५० रहेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सले ९३३ वटा दाबीबापत २६ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको चैतसम्म ९९ वटा दाबी बापतको ४ करोड ८५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

यस अवधिमा इन्स्योरेन्सको प्रति सेयर आम्दानी ११.३८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२७.०९ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ४९९ रुपैयाँका आधारमा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ।

1885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका