जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गणेश बस्नेतविरुद्ध उजुरी परेकाले सोधपुछ गर्न लागिएको हो : साइबर ब्यूरो

गणेश बस्नेतविरुद्ध उजुरी परेकाले सोधपुछ गर्न लागिएको हो : साइबर ब्यूरो

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ । बस्नेतविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि बस्नेतविरुद्ध निवेदन परेका केही बुझ्न खोजीको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेको हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले भोलि आउँछु भन्नु भएको छ’ अवस्थीले अनलाइनखबरसँग भने ।

अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न मात्रै खोजिएको दाबी गरे ।

यस्तै गणेश बस्नेतलाई पक्राउ गर्न खोजिउको भन्‍दै नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका