जोडिनुहोस
मङ्लबार, बैशाख २३, २०८२
मङ्लबार, बैशाख २३, २०८२
  • होमपेज
  • सहकारीको ६५ करोड गोर्खा मिडियामा अपचलन, रविलाई पनि कारबाही गर्न सिफारिस

सहकारीको ६५ करोड गोर्खा मिडियामा अपचलन, रविलाई पनि कारबाही गर्न सिफारिस

संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

२०८० फागुन तेस्रो साता रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको थियो । सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनमा लामिछाने संलग्न रहेको, तर उनी गृहमन्त्री भएपछि प्रहरीको छानबिन रोकिएको भन्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि १५ जेठमा संसदीय छानबिन समिति बनेको थियो ।

समितिलाई संकटग्रस्त घोषणा भएका सहकारीहरुका साथै जीबी राई समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी, सुप्रिम, सूर्यदर्शन, सहारा लगायतका सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनबारे छानबिन गर्ने कार्यादेश दिइएको थियो ।

समिति सभापति थापाले संसद्लाई दिएको जानकारी अनुसार ४० वटा सहकारीको वित्तीय विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा ८ वटा सुझाव दिइएको छ ।

स्रोतका अनुसार जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

समिति सदस्य शिशिर खनालका अनुसार ‘सहकारीबाट गोर्खा मिडियामा रकम लैजान रवि लामिछानेको भूमिका देखिएको छैन । यसमा जीबी राई लगायतका सहकारीका सञ्चालकहरुको भूमिका देखिन्छ । तर गैरकानुनी रुपमा सहकारीबाट आएको रकम प्रबन्ध निर्देशकका रुपमा रवि मार्फत खर्च भएको छ ।

रवि सञ्चालकसँगै प्रबन्ध निर्देशक दिए । साथै प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा बाहेक सबै (कारोबारको) चेकमा रविले नै हस्ताक्षर गरेका थिए ।

त्यसैले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा भने लामिछानेको संलग्नता रहेको समितिको निष्कर्ष छ । स्रोतका अनुसार समितिले लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सुरुमा सहकारी ऐनको दफा १२२ (त) अनुसार कारबाही गर्न सिफारिस गर्ने प्रस्ताव गरेका थिए । जसमा सहकारीलाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले रकम लेनदेन गरे कसुर मानिने उल्लेख छ । यसमा दोषी ठहर हुँदा बिगोअनुसार एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

तर समितिमा रहेका रास्वपा सांसद खनालले सहकारीको रकम ल्याउन लामिछानेको भूमिका नभएकाले यसरी दफा नै किटान गर्न नमिल्ने तर्क गरे । तर सहकारीको रकम गोर्खा मिडियामा दुरुपयोग भएको र त्यसमा प्रबन्ध निर्देशकका रूपमा लामिछानेकाे पनि संलग्नता रहेको तथ्यमा उनी पनि सहमत थिए ।

त्यसैले मध्यमार्गी बाटो खोजेर प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको स्रोतले बताएको छ । सांसद खनालले पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक (एमडी) को कानुनी उत्तरदायित्व हुन्छ भने त्यो लामिछानेले लिनुपर्ने बताए ।

समितिले सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेपछि उनले भने, ‘‘उहाँ एमडी हुनुहुन्थ्यो, यो तथ्य हो । त्यस हैसियतमा चेक साइन गर्नुभएको छ, त्यसैले एमडीका रूपमा चेक साइन गर्दा कानुनी उत्तरदायित्व जन्मिन्छ भने त्यो बहन गर्नुपर्छ ।’

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने
सरकारले खारेज गर्‍यो नागरिक एप निर्देशिका
गभर्नर नियुक्तिमा ढिलाईलाई लिएर सरकारको चौतर्फी आलोचना
एक महिनामै बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो
‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न
बच्यो ४ संस्थाका सीइओको पद  !
फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा
लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?