जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंक छाडे ज्ञानेन्द्र ढुंगानाले

नबिल बैंक छाडे ज्ञानेन्द्र ढुंगानाले

नेपाल राष्ट्र बैंकको गभर्नरको रेसमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा गरेका छन्। सरकारले सोमबार साँझ गभर्नर सिफारिस समिति बनाएपछि ढुंगानाले गत आइतबारको मिति राखेर आज राजीनामा दिएका हुन्।

बैंकको संचालक समितिले राजीनामा स्वीकृत गरिसकेको छैन। एनबी बैंक नबिलमा मर्ज हुने भएपछि उनी दुई वर्षको पहिलो कार्यकालका लागि नियुक्त भएका थिए। त्यसपछि पुन: अर्को दुई वर्षको अर्को कार्यकालका लागि नियुक्त भएका थिए।

नेपाली कांग्रेसले गभर्नर पाउने भएमा ढुंगाना पनि बलियो उम्मेद्वार हुन्। सरकारले सोमबार अर्थमन्त्री विष्णु पौडेल संयोजक हुने समितिमा डा. विश्व पौडेल र विजयनाथ भट्टराईलाई सदस्य चयन गरेको छ।

यो पनि पढ्नुहोस् ः तीन दशकको बैंकिङ करिअरमा ज्ञानेन्द्र ढुंगानाको अल्पविराम: ‘म रिटायर्ड भएको हो टायर्ड होइन’

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। त्यसबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने छ।

ढुंगानाले गभर्नर रेसमा अग्रस्थानमा रहेका कारण राजीनामा गरेका हुन्। कांग्रेसका तर्फबाट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, पूर्व कार्यकारी निर्देशक तथा वर्तमान संचालक रवीन्द्र पाण्डे पनि प्रतिस्पर्धामा छन्।

एमालेबाट योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उम्मेदवार छन्।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका