जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो साईन रेसुङ्गा, दोस्रो मुक्तिनाथ, तेस्रो महालक्ष्मी, चौथो गरिमा विकास बैंक !

विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो साईन रेसुङ्गा, दोस्रो मुक्तिनाथ, तेस्रो महालक्ष्मी, चौथो गरिमा विकास बैंक !

नेपालका राष्ट्रि स्तरका विकास बैंकहरुले नाफामा छलाङ्ग मारेका छन् भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये ११ वटा बैंकले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा ११ वटा विकास बैंकले नाफा कमाउँदा बाँकी ६ वटा बैंक भने घाटामा रहेको भेटिएको छ ।

बैंकले एक महिनामै १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकास बैंकले ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको भेटिएको छ ।

साउनमा सर्वाधिक नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले एक महिनामै २० करोड २० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । दोस्रोमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले उक्त महिनामा १६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थान कायम गरेको देखिन्छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा भने महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले एक महिनामै १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकास बैंकले ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको भेटिएको छ । यता, सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ८१ लाख, लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख, सिन्धु विकास बैंकले ३१ लाख, सालपा विकास बैंकले २९ लाख, कर्पोरेट डेभलपमेन्टले १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यी बाहेकका अन्य ६ वटा विकास बैंक भने नोक्सानीमै छन् । साउनमा सबैभन्दा धेरे नोक्सानी एक्सेल डेभलपमेन्ट बैंकले व्यहोरेको छ । बैंक ६ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली, ४८ लाख र मितेरी डेभलपमेन्ट बैंक २२ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् । सचेत भया ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका