जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपछि भुक्तानीमा १० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको हो । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुने बैंकले जनाएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

2305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका