जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ्ग, नेपाल बैंकको हरिविजोक, सीइओ अधिकारीको पद धरापमा !

राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ्ग, नेपाल बैंकको हरिविजोक, सीइओ अधिकारीको पद धरापमा !

तत्कालीन नेकपा एमालेको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्त गरेका एमाले कार्यकर्ता नेपाल बैंक लिमिटेडका सीइओ कृष्ण बहादुर अधिकारीको जागिर घरापमा परेको छ भन्दा अब चाहि फरक पर्दैन ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २७ वाणिज्य बैंकहरुमा नाफामा नम्बर १ बन्दा राज्यकै शेयर रहेको नेपाल बैंक नाफामा सबैभन्दा पुच्छरमा छ भन्दा फरक पदैन । यसको जिम्मा नेपाल बैंकका सीइओ एव एमाले कार्यकर्ता अधिकारीले लिनु पर्दछ कि पर्दैन अर्थमन्त्रीज्यू हेक्का होस् ।

बैंकिङ्ग क्षेत्रमा अनुभवनै नभएका सत्ता र शक्तिको भरमा नेपालकै पुरानो र राज्यको चर्को शेयर भएको नेपाल बैंकको सीइओमा अधिकारीलाई नियुक्त गरिएपछि बैंक एक पछि अर्को गर्दै धरासायी बन्दै गएको छ भन्दा फरक पर्दैन ।
सधैं चर्चा र घोटला मच्चाउदै आएको नेपाल बैंकले ग्राहकहरुको विश्वास जित्न नसक्नुको कारण नेतृत्वको नालायकीपन हो भन्दा अब फरक पर्दैन अर्थमन्त्रीज्यू हेक्का होस् ।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक छ । भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनाको अवधिमा १ अर्ब ६ करोड ८८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।
दोस्रो बढी नाफा कमाउने ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा बैंकले ९८ करोड ५२ लाख नाफा आर्जन गरेको देखिन्छ ।

नाफा आर्जन गर्ने तेस्रोमा परेको नबिल बैंकले दुई महिनाको अवधिमा ९३ करोड ४५ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ ।
त्यस्तै एनआईसी एसिया बैंकले ८१ करोड ६१ लाख, कृषि विकास बैंकले ७८ करोड ४८ लाख ९० हजार, सिद्धार्थ बैंकले ७५ करोड ५२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्याङले देखाएको छ ।

भदौ मसान्तसम्मको तथ्याङक अनुसार सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले जम्मा १५ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको भेटिएको छ । कारण के हो ? खोजी हुनु जरुरी छ । सेञ्चुरी बैंकले २१ करोड १३ लाख, बैंक अफ काठमाण्डूले २१ करोड ५४ लाख, नेपाल एसबीआई बैंकले २३ करोड १८ लाख, नेपाल बंगलादेश बैंकले २८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।
कारोना महामारी न्यून भएसँगै बैंकहरुले लगानी बढाएका छन् । बैंकले लगानी बढाएसँगै नाफामा समेत सुधार देखिदै गएको छ । पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव देखिएको छ भन्दा फरक पर्दैन । बैंकमा निक्षेप संकलन न्युन भएको र कर्जाको माग बढेसँगै बैंकहरुले निक्षेप संकलन गर्नको लागि ब्याजदरलाई हतियार बनाएका थिए । बैंकहरुले ब्याजदरमा मनोमानी गर्न थालेपछि राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ भन्दा फरक पर्दैन । सचेत भया ।

16255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका