जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

चालू आर्थिक वर्षको साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको साउन महिनामा मात्र १९ अर्ब ९ करोड रुपैयाँ थियो। यो तुलनात्मक रूपमा ९३.३६ प्रतिशतको वृद्धि भएको छ ।

गत वर्षको यस अवधिमा वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति १५ अर्ब ५१ करोड रहेको थियो जुन यस अवधिमा बढेर ३१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। विकास बैंकहरूको २ अर्ब ३८ करोडबाट बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात पनि सँगसँगै बढेको छ। हाल वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ३.७६ प्रतिशत, विकास बैंकहरूको ३.६२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.८७ प्रतिशत रहेको छ। यस कारण गैर बैंकिङ सम्पत्ति तीव्र रूपमा बढ्दै गएको छ।

चालू वर्षको साउन महिनासम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति एनआईसी एशिया बैंकसँग रहेको छ। जुन ४ अर्ब २९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। जसको सम्पत्ति ३ अर्ब १ करोड ६५ लाख रुपैयाँ छ भने सबैभन्दा कम सम्पत्ति हुनेमा सानिमा बैंक रहेको छ जसको ६७ करोड ४० लाख रुपैयाँ रहेको छ।
कुनको कति ?

एनआईसी एशिया बैंक: ४ अर्ब २९ करोड ९८ लाख

हिमालयन बैंक: २ अर्ब ७३ करोड ४४ लाख

कुमारी बैंक: २ अर्ब ६० करोड ७९ लाख

नबिल बैंक: २ अर्ब ५९ करोड २८ लाख

लक्ष्मी बैंक: १ अर्ब ६१ करोड १६ लाख

प्राइम कमर्सियल बैंक: १ अर्ब ८५ करोड २३ लाख

माछापुच्छ्रे बैंक: १ अर्ब १५ करोड ८० लाख

प्रभु बैंक: १ अर्ब २ करोड १९ लाख

नेपाल एसबिआई: ३४ करोड ६० लाख

एभरेष्ट बैंक:५० करोड ७२ लाख

नेपाल बैंक: २० करोड ५७ लाख

राष्ट्रिय वाणिज्य बैंक: ३० करोड ५५ लाख

सिद्धार्थ बैंक: ७० करोड ३८ लाख

कृषि विकास बैंक: ९४ करोड ८५ लाख

ग्लोबल आईएमई बैंक: ८१ करोड ६९ लाख

सिटिजन्स बैंक: ८१ करोड ६९ लाख

एनएमबी बैंक: ८९ करोड ६४ लाख

सानिमा बैंक: ६७ करोड ४० लाख

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका