जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शंकास्पद एपहरु फोनबाट हटाउन एनटीसीको आग्रह

शंकास्पद एपहरु फोनबाट हटाउन एनटीसीको आग्रह

नेपाल टेलिकमले मोबाइलमा अनावश्यक एवम् शंकास्पद एपहरु इन्स्टल नगर्न त्यस्ता एपहरु हटाउन ग्राहकहरुलाई आग्रह गरेको छ। टेलिकमको नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने समस्या देखिएको छ।

केहीदिन यता कम्पनीको ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने गरेको टेलिकमले जनाएको छ। 

शंकास्पद एवम् अनावश्यक एपहरु तुरुन्तै हटाउन टेलिकमले आग्रह गरेको छ। कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएको दाबी गर्दै टेलिकमले कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत क्रियाकलापहरुको आवश्यक विश्लेषण भइरहेको जनाएको छ। 

कम्पनीले आफुले उपलब्ध गराउने लकिङ कोड प्रयोग गर्न आग्रह गरेको छ। आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने टेलिकमले जनाएको छ।

4430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका