जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइएमई लाइफको भाग्यशाली उपहार योजनाको बिजेता घोषणा

आइएमई लाइफको भाग्यशाली उपहार योजनाको बिजेता घोषणा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । गत पुस महिनामा लागू गरेको मासिक योजना अन्र्तगतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो । यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

2580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका