जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्योरेन्सका बीमितले अधिकतम ८२ रुपैयाँ बोनस पाउने, कुन बीमालेखमा दर कति ?

नेपाल लाइफ इन्योरेन्सका बीमितले अधिकतम ८२ रुपैयाँ बोनस पाउने, कुन बीमालेखमा दर कति ?

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनस दर जारी गरेको छ। जसमा बीमितले प्रतिहजार न्युनतम  ६० रुपैयाँदेखि ८२ रुपैयाँ बोनस पाउने भएका हुन्।

कम्पनीको  आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १५ गते स्वीकृत भएको थियो।

त्यस पश्चात कम्पनीले मुनाफामा सारिक हुने बोनस आर्जन गर्ने गरी नयाँ बोनस दर सार्वजनिक गरेको जनाएको छ। हाल कम्पनीले कायम गरेको बोनस दर गत वर्ष दिएको जति नै छ।

कम्पनीले सावधिक जीवन बीमा योजनाहरु सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल, शिक्षा योजना, जीवनलक्ष्मी अन्तर्गत १० वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ बोनस दिएको छ।

११ वर्षदेखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ र १६ देखि २० वर्षका लागि पनि ६० रुपैयाँ छ। २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको लागि ८२ रुपैयाँ बोनस दर तोकिएको छ।

त्यस्तै, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा योजनामा) १० वर्ष अवधिका लागि ६५ रुपैयाँ बोनस दर छ। ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ६५/६५ रुपैयाँ बोनस दिएको छ। २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ बीमितले पाउने भएका छन्। ३० वर्षभन्दा बढी अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर छ ।

त्यसैगरी, सावधिक तथा आजीवन बीमालेख (जीवन सहारा) योजनामा १० वर्ष अवधिका लागि ६० रुपैयाँ, १० देखि १५ वर्ष अवधि र १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँको दरले बोनस दर तोकेको छ। २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्ष अवधि र ३० वर्ष भन्दा माथिको अवधिका लागि ८२ रुपैयाँ बोनस कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख जीवन समृद्धि अन्तर्गत १५ वर्ष अवधिको लागि ५६ रुपैयाँ २० वर्षका लागि ५८ रुपैयाँ बोनस दिएको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५, धन वर्षा २० वर्ष, नौलो जीवन सम्बृद्धि ,नौलो धन वर्षा, जीवन उन्नति जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा बोनस दर १० वर्ष अवधिको लागि ६० रुपैयाँ छ। ११ वर्षदेखि ३० वर्ष भन्दा माथिको अवधिका लागि ६० रुपैयाँ बोनस दर तोकेको छ।

अन्य जीवन सारथी योजनाअन्तर्गत १० वर्षदेखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ बोनस कायम गरेको छ। २१ वर्षदेखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ देखि ३० भन्दा माथिको अवधिका लागि ८२ रुपैयाँ बोनस निर्धारण गरेको कम्पनीले जनाएको छ।

साथै, आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर हाल तोकिएको नै कायम हुने कम्पनीले जनाएको छ।

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका