जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंकले व्यावसायिक विकासका लागि गैंडाकोटका उद्यमीहरूलाई दियो प्रशिक्षण

कुमारी बैंकले व्यावसायिक विकासका लागि गैंडाकोटका उद्यमीहरूलाई दियो प्रशिक्षण

कुमारी बैंकले गैंडाकोटमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

यूसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको बैंकले गैंडाकोटमा कार्यक्रम गरेको हो।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्धन तथा विकास हुने विश्वास लिएको बैंकले जनाएको छ। यस अभियानमा बैंकले सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका