जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा गरिदिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको ‘रिलायबल म्यादी जीवन बीमा गरिएको कम्पनीले जनाएको छ।

बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलार्य यस किसिमको सहयोगले अझ बढी प्रोत्साहन मिल्ने बताए। ‘यस्तो कार्यक्रममा सहभागी हुँदा गर्व महसुस भएको छ’, उनले भने।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले स्थापनाको कम समयमै ५० लाखभन्दा बढी बीमालेख जारी गर्न सफल भएको छ।

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?