जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै, शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाले बैंकको सञ्चालक समितिमा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, २०८१/८२ का लागि श्री एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका