जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकमा सीइओ न्यौपानेको दादागिरीले हद नाग्यो : नेपाल राष्ट्र बैंक बेखबर ?

एनआईसी एशिया बैंकमा सीइओ न्यौपानेको दादागिरीले हद नाग्यो : नेपाल राष्ट्र बैंक बेखबर ?

सुन्दा पनि जीउ सिरिङ्ग हुने डर लाग्दो तलब भत्ता, बोनस र अरु सुविधा गरि करिब करिब बाषिक ३ करोड भन्दा बढि पैसा जनताको डिपोजिटबाट बुझ्ने एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको दादागिरीले हद नाघेको खुलेको छ ।

आज शुक्रबारको राजतिलक साप्ताहिकमा एनआईसी एशिया बैंकको नाफा नक्कली शिर्षकको समाचार प्रकाशन भएपछि बैंकका दर्जनौ कर्मचारीले आर्थिक बजार न्यूजडटकमको अफिसको टेलिफोनमा कुरा गर्दै भने हामी करारमा नियुक्त भएका कर्मचारीलाई बैंक नेतृत्वले तत्कालै राजिनामा दिन दबाब दिएको छ । हामी यो विपत र बिषम अवस्थामा कहाँ न्याय खोज्न जाने । हाम्रो जागिरको करार अवधी अझै असार ०७७ सम्म छ । सर समाचार लेखि दिनुप¥यो ती कर्मचारीले सम्पादक भूपेन्द्र आचार्यलाई गुनासो गरे ।

हामी अब राष्ट्र बैंक र श्रम अदालत जाने कुरा सरसल्लाह गर्दैछौं सर उनीले थपे । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले बोलाएर हामी करारका कर्मचारीलाई बैंकको नाफा घटेको, फजुर खर्च घटाएको विज्ञापन सबै हटाएकाले तपाई कर्मचारी साथीहरुले पनि अब बाटो खुल्ला गरिदिनु प¥यो भनेको ती कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग गुनासो गरे ।
के यसबारे राष्ट्र बैंक बेखबर छ त भनी एक उच्च कर्मचारीलाई सम्पर्क गर्दा उनीले भने यो चर्चामा आएको छ ।

हामीले यो बेला कर्मचारी नहटाउन निर्देशन नै दिएकाछौं । हटाए राष्ट्र बैंकले कारवाही गर्नेछ । यो प्रस्टै छ । यस्तो विपत र बिषम अवस्थामा जे पनि गर्न खोज्ने छुट कुनै बैंकलाई छैन लेखेर राख्नुहोस् उनीले दाबी गरे । उनीले प्रस्टै भने यदि एनआईसी एशिया बैंकले कर्मचारी निस्काशन गरे हामी २÷३ वर्ष नयाँ कर्मचारी भर्नामा नै रोक लगाउने छौं । के छ कर्मचारीको अवस्था एनआईसी एशिया बैंकमा त्यो पनि हेरौ । नाफामा चौथो भएको यस बैंकले करिब २ अर्ब ५० करोड २४ लाख कमाएको देखाएको छ । कर्मचारी हटाउन दबाब दिएको, पत्रिका, अनलाईन, टिभीमा विज्ञापन हटाएको बैंकले १० प्रतिशत छुट र प्लस २ प्रतिशत छुट गरि १२ प्रतिशत छुट दिने घोषणा ग¥यो । यो आफैमा अचमको कहानी प्रस्टै देखिन्छ ।

मानिन्छ एनआईसी एशिया बैंक जसले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा दिएर जनता झुक्याएको मात्रै छैन । कर्जा प्रवाहमा ३÷४ प्रतिशत सेवा शुल्क लिएको समेत ती कर्मचारीले बताए । करिब ३४ सय भन्दा बढि कर्मचारी भएको यस बैंकमा अरु बैंकबाट दिन दुई गुना रात चौगुना कर्मचारी ल्याउने गरेको र करारमा भर्ना भएका आएका दक्ष जनशक्तिलाई दबाब दिँदै निस्काशन गर्न खोजिरहेको खुलेको छ ।

अनुभव बिनाको मान्छे सीइओ भएपछि यस्तै हुन्छ राष्ट्र बैंकका एक उच्च कर्मचारीले दाबी गरे । अन्य बैंकबाट राम्रा भनिएका कर्मचारीलाई १÷२ पद माथि दिएर महंगो तलब भत्ता दिने अनि गरिब जो करारमा नियुक्त गरिएका छन् । तीनलाई राजिनामा दिन लगाउने कत्ति उचित होला गर्भनर साब ? सचेत भया ।

14015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका