जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • १० विकास बैंकको ब्याजदर स्थिर

१० विकास बैंकको ब्याजदर स्थिर

कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ७.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यअसघि असोजमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तीन वटा विकास बैंकले घटाउँदा र अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिकमा ब्याजदर बढाएको छ । सांग्रिला बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । जबकी यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

कात्तिकमा १० वटा विकास बैंकले भने ब्याजदर स्थिर राखेका छन् । विभिन्न १० विकास बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेका हुन् । गरिमा विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, मितेरी डेलभपलमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका हुन् ।

कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै सिन्धु विकास बैंकले व्यक्तिगततर्फ ७.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको छ ।कामना सेवा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेलभपलमेन्ट बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् । गरिमा, ज्योति, मुक्तिनाथ, महालक्ष्मी, लुम्बिनी विकास बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेका छन् । यसअघि असोजमा यी बैंकहरूले सोही ब्याजदर तोकेका थिए ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका