जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकको नाफा बढ्यो

अर्थ राजनीति

नेपाल बङ्गलादेश बैंकको नाफा बढ्यो

नेपाल बङ्गलादेश बैंकको नाफा बढ्यो

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ८६ लाख रुपैयाँ अर्थात ४१.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढ्न टेवा पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८९ लाख २५ हजार रुपैयाँ रहेको छ।

बैंकको ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड र रिटेन्ड अर्निङ्गमा ७१ करोड ४१ लाख रुपैयाँ थियो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ घटेर ६९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ बढेर ७८ करोड ३ लाख रुपैयाँ पुगेको छ।

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?