जोडिनुहोस
मङ्लबार, कार्तिक ६, २०८१
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • सेवा रेमिटको लाइसेन्स खारेज गरिंदै, रेमिटेन्स रकम लिन बाँकी हुनेले ३५ दिनभित्र निवेदन दिनुपर्ने

सेवा रेमिटको लाइसेन्स खारेज गरिंदै, रेमिटेन्स रकम लिन बाँकी हुनेले ३५ दिनभित्र निवेदन दिनुपर्ने

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ। बैंकले शुक्रबार सूचना जारी गरी सेवा रेमिटको इजाजतपत्र खारेज गर्ने तयारी गरेको भन्दै कम्पनीसँग रेमिटेन्ससँग सम्बन्धित रकम लिन बाँकी रहेको भए ३५ दिनभित्र लिखितरुपमा जानकारी गराउन आग्रह गरेको छ।

तोकिएको म्यादभित्र दाबी परे सेवा रेमिटको बैंक जमानतले खामेसम्मको रकम हिसाब मिलान गरिने बैंकले सूचनामा उल्लेख गरेको छ। म्यादभित्र निवेदन नपरे कम्पनीको बैंक जमानत फुकुवा गर्ने राष्ट्र बैंकले जनाएको छ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका